काठमाडौं,चैत्र,८-आज भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पहिलो पटक हराउदै ईतिहास रचेको छ।
सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० गोलको अन्तरले सिंगापुरलाई पहिलो पटक जितेको हो।
नेपाललाई जित दिलाउन खेलको पहिलो हाफमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गरेका थिए।
सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो, र जित पहिलो नै रहेको छ।
नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने हुन लागेका हुन्। ३६ वर्षपछिको भेटलाई अविशमरणीय बनाउन प्रशिक्षक रसले सुमनबाहेक पुरानै अनुहारलाई सुरुआती ११ मा स्थान दिएका छन्।
५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो।
सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो। त्यसयता पहिलोपल्ट भिड्न लाग्दा प्रशिक्षक रसले उत्कृष्ट खेल पस्किने आशा व्यक्त गरेका छन्।
सिंगापुर फिफा वरीयतामा १६०औं स्थानमा छ। नेपाल भने त्यसको ठ्याक्कै १५ स्थान तल छ। यद्यपि, पछिल्लो समय सिंगापुरको प्रदर्शन चित्तबुझ्दो छैन।
अघिल्लो वर्ष फिफा विश्वकप छनोटका चार, दुई मैत्रीपूर्ण खेल र आसियन च्याम्पियनसिप गरेर १२ खेल खेलेको थियो। तीमध्ये आठ हार बेहोरेको थियो भने दुई बराबरीमा र दुई खेलमा जितको स्वाद चाख्न पाएको थियो।
नेपालको हाल पनि सिंगापुरको जस्तै दैनिह छ। यही समयमा आठ खेल मात्रै खेल्न पाएको थियो। चार विश्वकप छनोट, दुई मैत्रीपूर्ण र दुई अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको नेपालको नतिजा निराशाजनक रह्यो।