संसद बैठक सुचारु

काठमाडौं, फागुन १२- व्यवस्थापिका–संसदको अवरोध विहीबार ९आज०देखि खुलेको छ ।नेकपा एमालेसहितका विपक्षी दलहरु संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउन सहमत भएपछि बैठक सुचारु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि विपक्षीहरु बैठकको अवरोध खुला गर्न तयार भएका थिए ।

सहमतिपछि बसेको बैठकमा संशोधन विधेयकमाथि छलफल सुरु भएको छ । विभिन्न दलका सांसदहरुले संशोधनबारे मत राख्नेक्रम जारी छ ।