सुनको मूल्य इतिहासकै सर्वाधिक,तोलामा बढ्यो ६४ सय

Image Not Foundकाठमाडौं,माघ,१०-सुनको मूल्य इतिहासकै सर्वाधिक कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो। 

यसअघि गत फागुन २५ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो।उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको थियो।त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो। 

पछिल्लो पटक सुनको मूल्य पुसयता उकालो ग्राफमा छ।त्यसयता सुनको मूल्य तोलाको ६ हजार ४०० रुपैयाँ बढिसकेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार गत पुस १ गते सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ तोकिएको थियो। 

सुनको मूल्य तोलाको लाख नाघेको भने मंसिर २३ यता हो। त्यसयता पुस १ गतेबाहेक सुन लाखमै कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि बढिरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन्।