भूकम्पमा परि बाजुरामा एक जनाको मृत्यु,एक घाईते

बाजुरा,माघ,१०-बाजुरामा मंगलबार गएको भुकम्पमा परि एक जनाको निधन भएको छ।

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको हो।

गौमुल गाउँपालिका वडा नन्बर-२की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ।मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ रहेको छ।

घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले जानकारी दिनुभयो।थापाले स्थानीयले दिएको जानकारी अनुसार अपुष्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछि मात्र सबै जानकारी प्राप्त हुने बताउनुभयो ।

 

त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन।जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाईते भएको स्थानीय सुवास रोकायाको भनाई छ । बोहोराको नजिकैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेका छ ।

अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपालिका ८ का हर्क गुरुङ र बिरजिते चदाराका घरहरु भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसैगरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानवीय क्षेती नभएको स्थानिय पत्रकार राम बहादुर बिकले जानकारी दिनुभयो । भूकम्पले जिल्लामा दर्जनौ घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो।भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो ।ईमेजखबरबाट