काठमाडौं,पुष,१८-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनको प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभएको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने प्रधानमन्त्री दाहालको सचिवालय जनाएको छ ।