नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना

फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ।

उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु गरिएको थियो ।

सहभागीहरुको फोटो आज चैत्र १२ गते बिहिबार अर्थात मार्च २५ तारिख देखि “मे” १० तारिख सम्म फेसबुक पेजमा पोष्ट गरिने आयोजकले बताएको छ । आयोजकका अनुसार “मे” १५ तारिख शनिबारका दिन विजेता घोषणा गरिने छ ।

उक्त प्रतीयोगीतामा प्रथम हुनेले ३० हजार येन र प्रमाण पत्र यस्तै दोस्रो हुनेले १५ हजार येन र प्रमाण पत्र त्यस्तै तेस्रो हुनेले १० हजार येन र प्रमाण पत्र यस्तै चौंथो हुनेले ५ हजार येन र प्रमाण पत्र र
सान्त्वना पुरस्कार भने १ हजार येन र प्रमाण पत्र सहित ५ जनाले पाउने छन् ।

यसैबिच उक्त प्रतियोगीताको विजेता तल उल्लेखित बुदाँगत नियमको आधारमा छनोट गरिनेछ। प्रतियोगीतामा सहभागीहरुले पालना गर्नु पर्ने नियमहरु निम्नप्रकारका छन्।

१.सहभागी हुनका लागि JRF facebook page Like /Follow गर्नुपर्नेछ । https://www.facebook.com/Japan-Remit-Finance-Nepal-311309895696043l
२.फोटो सफा (clear देखिने )हुनु पर्दछ र सिंगल,जोडी ,बच्चा र परिवार मध्येको जुन भएता पनि मान्य दिइने छ।
३.मोबाइलको सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४.फोटोको ड्रेस fix गरिएको छैन ।
५.जापान भरी बसोबास गर्नुहुने नेपालीहरुले सहभागिता जनाउन सक्नुहुनेछ।
६.JRF को आधिकारिक पेजको म्यासेज बक्समा नामथर, ठेगाना (सहरको नाम), ईमेल र फोन नम्बरसहित फोटो पठाउनु पर्नेछ ।
७.फोटोमा Comment, Mention, Like, Share गर्न सक्नु हुनेछ।
८.पोस्ट गरेको फोटोको लाइक र सेयरको आधारमा विजेता छनौट गरिनेछ ।
९.पोष्ट गरिएको फोटोलाई लाइक, कमेन्ट र सेयर मार्च मार्च (MARCH 25 )२५ देखी मे ( MAY 10 ) १० तारिख सम्म गर्न सक्नु हुनेछ । १० तारिख बेलुका जापान को समय २२:०० बजे सम्म आएको फोटो लाई मन्यता दिइने छ ।
१०.विजेता Points को आधारमा हुने भएकाले (१ सेयरको ५ Points र १ लाइकको २ Points) हुनेछ।
११.विजेताको नतिजा मे 15 तारिखका दिन साँझ ७ बजे फेसबुक लाइभबाट सार्वजनिक गरिने छ ।
१२.एक महिनासम्म विजेताको photo हाम्रो पेजमा राखिने छ |
१३.फोटो Boost गर्न पाइने छैन।साथै auto like गरेमा प्रतियोगिताबाट निष्कासन गरिने छ ।
१४.केही विवाद आएमा JRF को निर्णय नै अन्तिम हुनेछ ।
(नोट : १ वटा अकाउन्टबाट २ भन्दा बढी share को मान्यता दिइने छैन ।)