काठमाडौं,माघ,६-यमनको एक सैनय शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् ।
घटनामा दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो ।
आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यद्दपी सो समूहले घटनाको जिम्मेवारी लिएको छैन ।
यसैबीच यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीले घटनाको भत्र्सना गर्नुभएको छ ।
यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको मृत्यु भएको थियो ।
यमनको पश्चिमी क्षेत्र पूरै कब्जामा लिएको हुथी विद्रोहीले पछिल्लो समय आतंकवादी हमलालाई तिब्रता दिँदै आएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)