कैलाली र हुम्लामा दशै तिहारको मुखमा पिडितलाई राहत बितरण

काठमाडौ,कार्तिक,३-
राज्यको बिरोधमा सडकमा टायर बालेर बन्द हडताल गरेर होइन चुनौती दिएर बिरोध तथा आजका युवा राजनितीक भागबन्डा भन्दा समाजसेवामा सबै मिलेर लागौ भन्दै पश्चिम नेपालको कैलालीका युवाहरू सामर्थ्य नेपाल संस्था मार्फत लागिरहेका छन् ।

त्यस्तै मध्ये एक हुन १७ वर्षीय के पि खनाल , खनालले दशैको मुखमा जुवातास खेलेर होइन यो दशै पीडितका लागि मनाऔ भन्दै देश तथा बिदेशमा बसोबास गर्ने नेपालीहरु सङग सहयोग मागेर कैलालिका पुर्वी भेगका पाँच वटा गाउँ/नगरपालिका का ३५ घरधुरी तथा १५ जना अनथा बालबालिकालाई खाधन्न तथा स्टेसनरी सहयोग गरेका थिए ।

अहिले देशकै दुर्गम जिल्ला हुम्लामा नौ दिने यात्रा गरेर हुम्लाको विकट अदानचुली गाउँपालिकाका २५ घरधुरीलाई राहत बितरण गरेर सरकार तथा सरोकारवाला निकायलाई ध्यानाकर्षण गरेका छन् ।

अदानचुली गाउँपालिका कार्यवाहक अध्यक्ष सौमती रावल ऎडि सङग समन्वय गरेर हुम्लाको अदानचुली गाउँपालिका वार्ड न. १ बाट :एकल महिला सुनकला महतारा ,आर्थिक स्रोतले कमजोर चखुरी थापा वार्ड न २ बाट:केही दिन अघि हुम्लाबाट बाजुरा चामल ल्याउने क्रममा बाटो मा ज्यान गएको मृतक बुढाको श्रीमती हास बुढा , त्यस्तै

घाइते कल बुढा ,हरु बुढा ,आईतु भण्डारी ,गोर्ख बुढा,धर्मराज बोगटी ,पिरिम्या भण्डारी ,पुष्कर महतारा वार्ड न. ३ बाट माटो खन्न जादा डिस्को ले पुरिएर मृत्यु भएका सेर फरेडाको परिवार , श्रीमान पिडित जौमती दमाई, हिमपात बाट मृत्यु भएको धर्मे दमाईको परिवार लाई ,सुकविर भियाल ,माघे बिस्ट ,गणेश रोकाया,सग्या पार्की ,कमल नेपाल वडा नं. ४ बाट एकल महिला विसु सुनारको परिवार वार्ड नं. ५ बाट औला शाही ,चाउरे टमटा,कलसी रावल ,बिष्नु सिहंहरु को

परिवार वार्ड नं. ६ बाट श्रीमति सुत्केरी अवस्थामा मृत्यु भएको प्रेम कटेलको परिवार र मनजित टमाटा गरि उक्त गाउँपालिकाका वार्ड १ देखि ६ सम्मका २५ घरघुरीलाई चार दिनमा सामाजिक संजाल मार्फत केपि खनालको (फेसबुक )बाट गरेको भोकै छु हुम्ला अभियानलाई सफल पार्न देश तथा विदेशमा वसोवास गर्नुहुने नेपालीहरु ले १ लाख बराबरको आर्थिक सहयोग गर्नुभएको थियो ।

जस अनुसार प्रत्येक परिवारलाई २५ केजि बराबर चामल , १/१ केजिका दरले नुन ,तेल ,सावुन ,ब्रस ,कोलकेट तथा लत्ताकपडा सहयोग गरिएको थियो । भौगोलिक बिकटताका कारण यहाँ सामग्री भन्दा दुवानिसेवा महङ्गो भएको खच्चर बाट दुई दिन लगाएर उक्त गाउँजानसकिने खनाल ले बताउनु भयो लिएको लत्ताकपडा बाटोमै छुटेको र अर्को चरण पुर्याउने बताउनु भयो ।

हुम्लालाई राज्यले नहेपिएको भन्दै कार्णालि भेगलाई हामी नेपालि ले हेपिरहेको बताउदै म स्वयम यहा राहात बितरण अभियानमा लागि रहदा कयौं राज्यलाई दोष दिने व्यक्तिहरु के किन हुम्ला मात्रै जाने ? हुम्लाका लागि हेर्ने त्यहाको निकाय रहदा रहदै जान पाईदैन भन्ने कुरा सुनेको भन्दै अब हामिले नेपाली ले एकले अर्कालाई हेप्ने प्रवृती पहिले छोड्नु पर्ने अनि मात्र राज्री तथा सरकारले गर्न नसके दोष दिनु पर्ने बताए ।

आफू सकारात्मक ढङ्गले अबका युवाहरूलाई सिर्जनशील तथा एक बनाउन चाहेको राज्य र सरकारको बिरोधमा सडकमा टायर बालेर होइन सरकारले गर्न नसक्ने काम गरेर चुनौती दिने वातावरण बनाएर युवाहरूलाई देश निर्माणमा लगाउन चाहेको बताउनुभयो ।

भोकै छ हुम्ला सफल पार्न देश तथा बिदेशबाट थुप्रै व्यक्तिहरु लागेको मा हृदयदेखि धन्यवाद दिदै खनालले भने कि तिनै युवाहरूलाई राहधानी दिदै पठाएको राज्यले उनैको परिश्रमको फल दिएर गरिव तथा पीडित नेपालीलाई सहयोग गर्नु नै यो देशको उच्च निकायलाई चुनौती रहेको भन्दै अब देशका गरिव तथा निमुखालाई युवाले हेरेर सकारात्मक ढंगले राज्यलाई चुनौती दिन हुन अपिल गर्नुभएको थियो ।

त्यस्तै राहत बितरण कार्यक्रममा कैलालीबाट नौ दिन सम्म यात्रामा रहेको युवा कवि तथा साहित्यकार कशिराम बजगाईले यसरी राहत बितरण गर्न पाउँदा आफू अत्यन्तै खुसि भएको र यो अभियान ल्याउने केपि खनाललाई हृदय देखि धन्यवाद तथा यस्ता अभियानलाई आफू जस्तो सुकै चुनौती भएपनी साथ दिने बताउनुभयो ।

राहत बितरण गरिसकेपछी स्थानीयहरुले नव युवा केपि खनाल र काशिराम बजगाईलाई फुलमाल सहित बिदाई गरेका थिए असोज २५ गते राहत बितरणको लागि हिडेको टोलि कार्तिक २ गते कैलाली फिर्ता भएको थिए ।