आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना समेत व्यक्त गरेका छन् ।

साथै नयाँ वर्ष २०२३ को शुभ अवसरमा सारा संसारभरी छरिएर बस्नु भएका आमजन समुदायमा सुख, शान्ति, समृद्धि, प्रगति र दिर्घायुको कामना गर्दै यस वर्ष सबैको आरोग्यको वर्ष बनोस् भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट नयाँ वर्षको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्दछौं ॥