
काठमाडौं,माघ,१०-केपि ओली गोल्डकप फागुनमा हुने भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुन लागेको हो।
प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुनेछ।उक्त प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।
युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो।
युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ।फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले जानकारी दिनुभयो।
अध्यक्ष पौडेलले भन्नुभयो, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरुमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।’हामीले यस प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रुपमा स्थापित गर्ने प्रयास गरेको बताउनुभयो।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।