प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौ,माघ,८-प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ।अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ। प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

बैठकमा निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन।त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नुभएको थियो ।

एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।