ओखलढुंगाको बरुणेश्वरलाइ पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरियो

सिर्जना बर्देवा/
ओखलढुंगा, माघ, ६-
ओखलढुंगाको बरुणेश्वरलाइ पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । सरसर्फाइका सात सुचांङक पुरा गरेपछि साविकको बरुणेश्वर गाविस हालको मोलुङ गाउँपालिका २ नम्बर वडालाई आज एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ बरुणेश्वरलाई पूर्ण सरसफाई वडा घोषणा गर्न डब्लु ए एसएच सीसीले आयोजना गरेकोे हो । वडा अध्यक्ष टंक कार्कीको अध्यक्षता तथा मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राइको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमको बिच वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् ।

प्रमुख आतिथी मणिराज राइले सरसफाई मानिसको दैनिक जीवनमा आवश्यक पर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । वडा भित्रका सबै गाउँबस्ति र घरघरमा सरसफाईको सुचक पुरा भएको सुनिश्चित भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

समुदायको आवश्यकता र समयको मागका आधारमा वडाले अघि बढाएका योजनाहरु अनुरुप कामहरु निरञ्तर गर्ने बरुणेश्वरका जनप्रतिनिधिहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।