एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्ने

एसिया कप : उपाधिका लागि भारत र श्रीलंका खेल्दैकाठमाडौं,भदौ,३१-एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्नेछन्।

यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ।सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ।तर, श्रीलंका पनि आजको खेल जित्दै एसिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको किर्तीमान बराबरी गर्न चाहन्छ।

पछिल्ला वर्षहरुमा आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलंकाको क्रिकेट पनि खस्किएको छ।एक दिवसिय वरियताको आठौं स्थानमा रहेको टोली श्रीलंका छनौट चरण पार गरेर मात्रै आसन्न विश्वकपमा छानिएको छ।

एसिया कपमा भने सुधारिएको प्रदर्शन गरेको श्रीलंकाले भारतमा अर्को महिना हुने विश्वकप क्रिकेटको लागि पनि आशा जगाएको छ।