सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेसलाई ७ सय मतले पछि पार्दै एमाले विजयी

सुर्खेत,जेठ,४-
नेकपा एमालले सुर्खेतमा दोस्रो जित हात पारेको छ। सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कबिन्द्रकुमार केसीले ५३५५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्क पोख्रेलले ४६०४ र नेकपा माओवादी केन्द्रका झुपबहादुर बुढालले ६६४ मत प्राप्त गरेका छन्। यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकि चन्द्रकला शाहीले ५३४६ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी भिमा मल्लले ४५७८ र नेकपा माओवादी केन्द्रकी चन्द्रकला खत्रीले ७२५ मत प्राप्त गरेकी छन्। यसअघि सुर्खेतको लेकवेशी नगरपालिकामा पनि एमालेले जित हासिल गरेको छ। सुर्खेतका ९ स्थानीय तहमध्ये २ तहमा नेपाली कांग्रेस र २ तहमा नेकपा एमाले विजयी भएको छ। अन्य स्थानीय तहको मतगणना भइरहेको छ।