काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग (एनपिएल) मा खुबै चर्चाको विषय बनेको ओमोडाको कार सुदुपश्लेचिम रोयल्सका दिपेन्द्र सिंह ऐरीले जितेका छन्।
प्रतियोगितामा सर्वाधिक प्रतिक्षित विषय भनेको उत्कृष्ट नेपाली खेलाडीले प्राप्त गर्ने कारको समेत दर्शकमा तिब्र प्रतिक्षा रहेको थियो। आ-आफ्नो समर्थन गरेको टिमका स्टार खेलाडीले पुरस्कार पाउनु पर्ने दाबी सामाजिक सञ्जालमा ब्यापक भएको थियो।
एनपिएलको खेल सकिए संगै प्लेअर अफ दी सिरिज बन्दै सुदुरपश्चिम रोयल्सका कप्तान खेलाडी दिपेन्द्र सिंह ऐरीले ओमोडा ई-५ इलेक्ट्रोनिक कार पुरस्कार पाएका हुन्।
६२ लाख ५० हजार बढी मुल्यको ओमोडा ५ को कार सुदुरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले जितेका हुन् ।
यस्तै:आज एनपिएलको फाईनल खेलमा सुदुरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुर बोल्ट्सले उपाधी जितेको हो।
जित संगै जनकपुरले १ करोड १० लाख पाएको छ।यस्तै, उपविजेतामा चित्त बुझाएको सुदुरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाएको छ।लिगमा तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।
एनपीएलको प्लेअफमा पुग्ने जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोज प्रत्येक टिमले कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ।