क्याम्पस स्तरीय फुटबल प्रतियोगिता शुक्रबार  देखि हुदै

नेपालगन्ज, फागुन,१०-
बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्प स्तरीय फुटबल प्रतियोगिता भोलि देखि हुन लागेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा अध्य्यनरत बिज्ञान संकाय चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले उक्त खेलको आयोजना गर्न लागेका हुन ।

उक्त फुटबल खेल भोलिबाट सुरु भई १३ गते सकिने क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियु का नेता प्रकाशमान सिंहले बताए । उक्त खेलमा सहभागी हुन क्याम्पसमा अन्य संकाय तर्फका बिद्यार्थीहरुलाई अनुरोध पनि गरिएको उनले बताए ।