राँगादिपमा पुनर्निर्माणको काम ६० प्रतिशत सकियो

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,६-
ओखलढुंगाको मोलुङ गाँउपालिका ८ राँगादिपमा पुनर्निर्माणको काम लगभग ६० प्रतिशत सकिएको छ । २०७२ सालको भुकम्पले राँगादिपका ३ सय ३० घरहरु क्षेतिग्रस्त भएकामा सबैले पुननिर्माणका लागी अनुदान सम्झौता गरेका थिए ।

जस मध्ये अहिलेसम्म १ सय ३ घरले दोस्रो किस्ता र ३६ घरले सम्पुर्ण किस्ताको रकम पनि लिई सकेका छन । साथै ५० भन्दा बडी घरहरु दोस्रो किस्ताको प्रक्रियामा रहेकोे सहरी विकास अन्तर्गतको जिल्ला स्तरीय अयोजना कार्यान्वयन इकाई ओखलढुंगाका सब ईन्जिनियर बिनोद दाहालले बताउनु भयो ।