समानुपातिकको मतगणना धमाधम आउदै

एमाले र काँग्रेसको प्रतीस्प्रर्धा माओवादी तेस्रो स्थानमा

काठमाडौं, मंसिर,२५-

प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तिव्र रुपमा अघि बढाएको छ ।

आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एमालेले ३,१५,५९५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,११,५६६ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १,५०,०८०, राष्ट्रिय जनता पार्टीले २२,२२६, विवेकशील साझा पार्टीले १५,०८८, संघीय समाजवादी फोरमले १३,१३० र राप्रपाले १२,९७२ मत पाएका छन् ।