प्रतीनिधिसभा तर्फ कञ्चनपुरमा ५ सिटमा वामपन्थी विजयी

क्षेत्र नं.२ मा वाम गठवन्धनको क्लिनस्वीप

इन्द्र कार्की/

महेन्द्रनगर,मंसिर,२५-

कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाका ५ सिटमा वाम उम्मेद्वार विजय भएका छन् । प्रतिनिधि सभाका २ सिटमा र प्रदेश सभाका ३ सिटमा प्रत्यक्ष तर्फका उम्मेद्वार विजयी भएका छन् । कञ्चनपुर क्षेत्र नं. १ मा माओवादी केन्द्रकी नेतृ विना मगर र क्षेत्र नं. २ मा एमालेका नेता नर वहादुर धामी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

विनाले आफना निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई दोव्वर मतान्तरले पछि पार्दै विजय भएकी हुन् । विनाले ३८४६७ मत पाइन भने विष्टले १९२१९ मत पाएका हुन । नर वहादुर धामीले ३३२२० मत सहित नेपाली कांगे्रसका पुर्व मन्त्रि एन.पी.साउद भन्दा ८३२७ वढि मतले जित हासिल गरेका हुन ।

यस्तै प्रदेश सभा मा कञ्चनपुर क्षेत्र नं.१ मा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष तारालाामा तामाङ्ग विजय भएका हुन । तामाङ्ग ले नेपाली कांगे्रसका गोपाल गुरुङ्ग लाई १० हजार ७२४ वढि मतले पछि पारेका हुन । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा प्रदेश सभामा वामकै उम्मेद्वार निर्वाचित भएका छन् ।

क्षेत्र नं.२ को ‘क’ र ‘ख’ मा वामका उम्मेद्वार नेपाली कांगे्रसका उम्मेद्वारहरुलाई हराएर निर्वाचित भएका हुन । निर्वाचन क्षेत्र नं.२ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार ‘क’ प्रदेश सभामा वामका उम्मेद्वार महेशदत्त जोशी र लाल वहादुर खड्का निर्वाचित भएका हुन ।

जोशीले आफना प्रतिद्धन्द्धि कांगे्रसका पुस्कर राज ओझालाई ५ हजार २९ मतले हराएका हुन भने खड्काले कांगे्रसकै बहादुर सिह थापालई ४ हजार ५४३ मत अन्तरले हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । कञ्चनपुर क्षेत्र नं.२ मा प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै सिटमा वाम गठवन्धनको क्लिन स्वीप भएको छ ।

कञ्चनपुरमा वाकी रहेका क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ र क्षेत्र नं. ३ मा मतगणना जारी रहेको छ । मतगणना भईरहेका क्षेत्रमा वामका उम्मेद्वारहरुको अग्रता रहेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिट गरि जम्मा ९ सिट रहेका छन् । विजय भएका उम्मेद्वार र समर्थकहरुले जिल्लाका विभिन्न ठाउँहरुमा विजय जुलुस निकालि रहेका छन् ।