पाणिनी बचत तथा ऋण सहकारी संस्थाको अधिबेशन सम्पन्न

अध्यक्षमा रामेश्वर सिटौला निर्वाचित

नेपालगन्ज,मंसिर,१६-
बाँकेको नेपालगन्जमा रहेको पाणिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभा र तेस्रो अधिबेशनबाट रामेक्ष्वर सिटौला सर्व सम्मत रुपले चयन हुनु भएको छ ।

तहिजो राति अबेरसम्म नेपालगन्जको स्वस्तिक कटेजमा भएको तेस्रो अधिबेशनबाट अध्यक्षमा रामेक्ष्वर सिटौला , उपाध्यक्षमा कृण्ण प्रसाद मरासिनी , सचिवमा दिपक अर्याल , कोषाध्यक्षमा एकराज घिमिरे , सदस्यहरुमा क्रमश शंकर घिमिरे , हिरा गौतम , भारती नेपाल , लेखा समितिमा संयोजक बिण्णु मरासिनी , सदस्यमा भागिरथ गौतम, देवका घिमिरे , ऋण उपसमितिमा संयोजक शंकर घिमिरे , कल्लुमिया र लक्ष्मी प्याकुरेल सदस्यमा सर्वसम्मत चयन हुनुभएको अध्यक्ष सिटौलाले बताउनुभयो ।