मंगल प्रसाद मा.वि.मा स्वागत कार्यक्रम

नेपालगन्ज ,अशोज,१५-
बाँके जिल्लामा रहेको मंगल प्रसाद माध्यमिक बिद्यालयमा अाज कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

यसै बिद्यालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी रबि सुनारको सभापतित्वमा , प्रमुख अतिथि यसै बिद्यालयका कक्षा ११ र १२ का संयोजक दामोदर घिमिरे, अतिथि बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु पुस्तक वर्मा, बिनोद कुमार न्यौपाने, रिचा श्रेष्ठ , भरत पोखरेल, लगायतका शिक्षक शिक्षिकाहरु हुनुहुन्थ्यो ।

उक्त स्वागत कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए । उक्त बिद्यालयबाट धेरै जि-पि-ए- लिएर अाउने बिद्यार्थीहरुलाई सम्मान तथा प्रमाणपत्र दिईएको थियोे ।

सम्मान हुनेमा २०७४ मा कक्षा १२ का विज्ञानमा भुवन देवकोटा ,३-५ जि-पि-ए-, वाणिज्य तर्फ भावना बिष्टले ३-१२ जि-पि-ए, शिक्षा तर्फ बिना बुढाथोकी ३-०७ जि-पि-ए- लिएर उत्तीर्ण भएकाले सम्मान गरिएको संयोजक दामोदर घिमिरे बताउनु भएको थियो ।

उहाका भनाइ अनुसार विज्ञान तर्फ शतप्रतिशत नतिजा , वाणिज्य र शिक्षा तर्फ उत्कृष्ट नतिजा ल्याएको बताउनु भयो ।सरकारी बिद्यालयले पनि बाँके जिल्लाका निजी बिद्यालयहरुसंग नतिजामा प्रतिस्पर्धा गरिरहेको र अझै नतिजा सबै संकायमा ल्याउनका लागि प्रयास भईरहेको उहाँले बताउनुभयो ।