नेम्वाङप्रति राष्ट्रपति पौडेल र प्रधानमन्त्री दहालको समवेदना

काठमाडौं,भदौ,२६-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुर्भको छ।

राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ।नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ।

यस्तै, प्रधानमन्त्री दाहालले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ।नेम्वाङको निधनको खबरलगत्तै सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री दाहालले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ।