रोनाल्डोको ह्याट्रिक पुरा : स्पेन र पोर्चुगल बराबरीमा रोकिए

आत्माघाती गोलसंगै इरानको अविश्वसनीय जित

काठमाण्डौं,असार,२-

रसियामा जेठ ३१ गतेबाट शुरु भएको विश्वकप फुटबलमा ह्याट्रिक प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन्। स्पेनविरुद्ध निर्धारित समयको खेलको अन्तिम समयमा डी बक्स बाहिरबाट फ्रिकिकबाट गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन्।

उनको ह्याट्रिकसँगै खेल ३-३ को बराबरीमा सकिएको छ। रोनाल्डोले खेलको तेस्रो मिनेमा नै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। 

तस्रो मिनेटमा नाचोले उनलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले पोर्चुगललार्इ पेनाल्टी गरेका थिए। रोनाल्डोले १२ यार्ड टाढाबाट प्रहार गरेको सटमा गोलकिपर डेभिड डी गियाको केही सीप लागेन।

डियगो कोस्टाले २४अौं मिनेटमा बराबरी गोल फर्काएका थिए। इस्कोले उठाएको भलीमा कोस्टाले बल अघि बढाउँदै पेट्रिकलार्इ छलाउदै गरेको प्रहार गोलमा परिणत भएको थियो। 

पहिलो हाफको अन्त्यमा रोनाल्डोले पुन: पोर्चुगलका लागि गोल गर्दै  २-१ को अग्रता दिलाएका थिए।रोनाल्डोले गरेको प्रहार विपक्षी गोलकिपर डभिड डी गियाको हातमा लाग्दै पोस्ट भित्र गएको थियो। 

दोस्रो हाफमा स्पेनले लगातार दुर्इ गोल गर्यो। डियगो कोस्टाले ५५अौं मिनेटमा गोल गर्दै स्पेनलार्इ पोर्चुगलविरुद्ध २-२ को बराबरी गरेको २ मिनेट नबित्दै नाँचोले गोल गर्दै स्पेनलार्इ ३-२ को अग्रता दिलाएका थिए।तर, अन्तिम मिनेटमा पाएको फ्रिकिकको सदूपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरेभने खेल बराबरीमा टुंग्याए।
 
यसैगरी : शुक्रबार राती भएको खेलमा थपिएको समयमा अात्मघाती उपहार पाएपछि खेल अवधिभर दबाबमा रहेको इरानले मोरक्कोमाथि अविश्वसनीय जित हात पारेको छ।

 

समूह बीको पहिलो खेलको निर्धारित समयमा बराबरी भएपछि थपिएको समयमा इरानका खेलाडी इहसान हाजी साफीले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा अजिज बोउहाडिजले अाफ्नै पोस्टमा हेडिङ मार्फत गोल गरेका थिए।  

उनी दोस्रो हाफका परिवर्तित खेलाडी थिए। अन्तिम समयमा उनका कारण टोली हार्नुपरेपछि उनी अाशु झारेर रुएका थिए।  विश्वकपमा १९९८ पछि इरानको यो पहिलो जित हो। त्यसअघि समूह बी को खेलमा मोरक्कोले इरानमाथि पुरै अवधि भरि दबाब कायम गरेको थियो।