विश्वकप फुटबलमा उरुग्वेको विजयी सुरुवात

काठमाडौं, असार,१-

रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ ।शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे ।

यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । इजिप्टले तीन फितला प्रहार गरेको थियो ।

समूह ‘ए’बाट साउदी अरेबियालाई ५–० ले हराएको आयोजक रुस शीर्ष स्थानमा छ भने उरुग्वे दोस्रो स्थानमा रहेको छ । साउदी र इजिप्ट अंकविहीन छन् ।