नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं आउँदै : विप्लव

काठमाडौं प्रस्थान गर्नुअघि नवलपरासीमा विप्लव। तस्बिर : प्रकाश डुम्रेबाट

काठमाडौं,फागुन,२१-सरकारसँग सम्झौताका लागि हस्ताक्षर र सम्बोधन गर्न नेकपाका महासचिव  नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै हुनुहुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्।सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी रहनु भएका विप्लव आज विहान नवलपरासीबाट  काठमाडौं आउँदै गरेको विप्लव निकट जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिनुभयो। 

  काठमाडौं आउनु अघि उहाँले सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई महासचिव विप्लवले भेटघाट गर्नुभएको हो ।

उहाँका अनुसार ‘फूलमाया सारू २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीको कारबाहीमा परी सहिद भएकी थिइन्’।

विभिन्न चरणको वार्तापछि बिहीबार बिहान सरकार र आफ्नो पार्टीबीच तीनबुँदे सहमति भएपछि विगत २ वर्षदेखि भूमिगत विप्लव आज काठमाडौंमा आयोजना हुने संयुक्त सभामा सहभागी हुन आउन लाग्नु भएको हो ।

सरकारले उहाँलाई लिन हेलिकप्टर पठाउने तयारी गरेको तर जनतामा गलत सन्देश जाने भन्दै विप्लव गाडीमार्फत नै आउन लागेको बताइएको छ।

सभामा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ। साथै आज सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने हिजो बिहीबार दुवै पक्षका वार्ता टोलीद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ।सहिद परिवारलाई भेटेपछि उहाँ काठमाडौं हिँडेको डुम्रेले जानकारी दिनुभयो ।

biplab 4