ओली र ‘विप्लव’ले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

फाईल तस्विर !!

काठमाडौं,फागुन,२१-विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुदैँछ।

सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लाग्नु भएको हो ।

आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु हुँनेछ ।

यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।

बुधबार र बिहीबार दुई दिन सम्म चलेको वार्तामा भएको विस्तृत राजनीतिक सहमतिलाई शुक्रबार विशेष सर्वजनिक समारोह गरी सार्वजनिक गर्ने सरकारको तयारी छ ।

सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संबोधन गर्ने बताईएको छ।

२०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।