चुनावी दौडाहामा दल

काठमाडौं,  पुस ५- तीनै तहको निर्वाचनका लागि संविधानले निर्धारण गरेको मिति नजिकिदै गर्दा चुनावप्रति सरकारी तयारी शुन्यप्राय छ ।न निर्वाचनसम्बन्धी ऐन निर्माण अघि बढेको छ । न राजनीतिक वातावरण, समयमै चुनाव हुन्छ,हुन्न भन्ने अनिश्चित मात्र होइन, पहिले कुन निर्वाचन गर्ने भन्ने समेत दलीय मतैक्य छैन् ।

यस्तो बेला मुलुकका जिम्मेवार राजनीतिक दल भने भित्रभित्र चुनाबी तयारीमा लागिसकेका छन् । चुनावको मिति नजिकिएजस्तो गरी दलहरु चुनावी कार्यक्रम बनाएर गाउँ दौडाहा निस्कन थालिसकेका छन् । राजनीतिक वातावरण, सरकारी तयारी र दलहरुको यो तयारीबीच कत्ति तालमेल देखिन्न । आजको नागरिकमा खबर छ ।