नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग

काठमाडौं, पुस ५- नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिएका छन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा नेपाली नम्बर प्लेटका ग्यास बुलेट खरीदमा दुई तिहाई सम्मको भन्सार छुट दिने घोषणा गरेको थियो ।तर भन्सारले प्राविधिक कारण देखाई छुट नदिएर प्रक्रिया अल्झाइरहेको भन्दै नेपाल एल पि ग्यास उद्योग संघले आपत्ति जनाएको छ ।संघले सोमबार पत्रकार सम्मेलन गरी सबै प्रक्रिया पूरा गरी भारतीय भन्सार समेत पास भएर आएर दुई वटा बुलेट २० दिन देखि वीरगञ्ज भन्सारमा अलपत्र परेको भन्दै आपत्ति जनाएको हो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले तत्काल भन्सार छुटको व्यवस्था कार्यान्वयन गरेर प्रक्रिया अगाडी बढाउने वातावरण बनाउन अन्यथा व्यापारीहरुलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।अहिले ५३ वटा उद्योगीहरुले ७ सय ७५ वटा ग्यास बुलेट खरिदका लागि साढें ५ अर्ब बराबर खर्च गर्न लागेको संघको भनाई छ ।संघ र भारतीय ढुवानी व्यवसायीहरुसंग यस सम्बन्धी समझादारी भैसकेको र समयमा नेपाली बुलेट खरीद प्रक्रिया पूरा गर्न नसके २०१७ नोभेम्बर पछी ढुवानीमा गम्भीर असर पर्न सक्नेतर्फ संघले सचेत गराएको छ । आजको ईमेज खबरमा प्रकाशित छ।