पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न

गोपाल जंग थापा/
टीकापुर,कार्त्तीक,१०-
पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए ।

उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको पहिचान झल्काएको उल्लेख गर्दै यो वंशावली पुस्तक पौराणिक तथ्यमा आधारित रहेको बताए । उनले सबैले सबैको पहिचानको सम्मान गर्र्नु भन्दै कसैलाई हेयको दृष्टिकोणले हेर्न नहुनेमा जोड दिए ।

पंवारवंशीं थापा क्षेत्री कल्याण समिति टीकापुर कैलालीका अध्यक्ष मान बहादुर थापाको सभापतित्वमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार गगन सिंह थापा, टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर खड्का, वीरेन्द्र विद्या मन्दिर उच्च मावि टीकापुरका प्राचार्य यज्ञराज ज्ञवाली, साहित्यकार फणेन्द्रराज रेग्मि र पंवारवंशीं थापा क्षेत्री कल्याण समितिका निवर्र्तमान उपाध्यक्ष नारायण बहादुर थापा विशष्टि अतिथी रहेका थिए ।

राम बहादुर थापाले स्वागत गरेको कार्यक्रममा पुस्तकको बारेमा बुद्धिजीवि लोकराज रेग्मिले समालोचना गरेका थिए । सो अवसरमा पुस्तकका लेखक स्वर्गिय शिव बहादुर थापाको फोटोमा माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चकारकर्मी एवं लोकदोहोरी गायक गोपाल जंग थापाले गरेका थिए ।