बाँकेको वन क्षेत्रमा भएको अतिक्रण हटाईदै

बाँके,माघ १९-बाँकेमा वन क्षेत्र अतिक्रमण गरि निमार्ण भएको घर टहरालाई प्रशासनको आदेशलाई लत्याउँदै जिल्ला वन कार्यालय बाँकेले सामुदायक वनमा बस्दै आएका राप्ती नदी बाढी पिडितको टहरा भत्काई दिएको छ ।

दुर्गामाता सामुदाय वन गंगापुर वडा नं. ७ को कोहला रजमुनी गाँउको उत्तर तर्फ सामुदायीक वन क्षेत्रमा अवैध रुपमा घर टहरा निमार्ण हुने काम सुरुवात भएपछि सामुदायीक वन मार्फत जिल्ला वन कार्यालय बाँकेले घर जग्गा खाली गर्न १५ दिने अलिटमेटम दिएको थियो । सूचनालाई अटेरी गरेपछि वन बार्यालयले कारवाही थालेको हो ।

ईलाका वन कार्यालय नरैनपुरका प्रमुख सहायक वन अधिकृत अनिरुद्ध यादवले अवैधानीक रुपमा वन क्षेत्र कब्जा विरुद्धको कारवाही सुरु भएको बताउनुभयो । वन क्षेत्रमा देखिएको अतिक्रम जिल्लाकै लागि टाउको दुखाई भएपछि वन कार्यालय बाँकेले त्यसलाई गम्भिरका साथ अघि बढाएको हो । यादवले भन्नुभयो तत्कालका लागि सुरक्षा ब्यवस्था चुस्त पारेर मात्र काम गर्न सक्ने देखिएको जिल्ला प्रशासनको समन्वयमा काम गर्ने तयारी गरिएको छ ।