प्रधानमन्त्री देउवाको भारतको पाँचदिने राजकीय भ्रमण तालीका सार्वजनीक

काठमाडौं, भदौ,५-

आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ ।

चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नु भएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र मन्त्रीहरुका साथै सांसदहरु सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा बस्ने र बिहीबार ‘गार्ड अफ अनर’ दिइने पनि जनाइएको छ ।

लगतै देउवाले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता सकाएपछि उहाँको सम्मानमा मोदीले दिएको दिवाभोजमा देउवा सरिक हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपाली समुदायका साथै भारतीय उद्योगीहरुसँग पनि अन्तरक्रिया गर्नेछन् । देउवा नेतृत्वको टोलीले तेलंगना, आन्ध्र प्रदेश र बिहार राज्यको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।