सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने

 मिलन मगर ,
फुकुओका, जापान,असार,२३-
सुदुरपश्चिमेली समाज क्युशु जापानको आयोजनामा जापानको फुकुओका शहरमा पहिलोपल्ट भलिबल प्रतियोगिता हुनेभएको छ। खेल फुकुओकामा पहिलोपल्ट हुने भएकोले नीकै रोमान्चक र प्रस्तिस्प्रर्धामा खेल  हुने आँकलन गरिएको छ । प्रतिस्प्रर्धी टिम धेरै भएपनि खेल कस्को राम्रो छ भन्ने बिषयमा फुकुओकाका खेलाडीहरुपनी अन्योलमा परेका छन् ।

फुकुओकामा अस्थायी वा स्थायी बसोबास गर्दै आइरहेका सबै समाजसेवी, ब्यावसायी नेपालिहरु तथा बिद्यार्थी भिजामा अध्यन गरिरहेका बिद्यार्थीहरु बिच चिनजान तथा भाइचाराको सम्बन्ध बलियो बनाउने हेतुसंगै गरिब तथा अनाथ र अपाङ्ग बालबालिका हरुको सुनौलो भबिस्यको लागि शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले  भलीबल प्रतीयोगिताको आयोजना गरेको सुदुरपश्चिमेली समाज क्युशु जापानले जनाएको छ ।

खेल यहि आउदो जुलाई २९ तारिख शनिबारका दिन फुकुओकाको KASUYA MACHI KASUYA GUN KAYOICHO 3-2-1 मा बिहान ९ बजेबाट खेल शुरु हुने छ । भलीबल प्रतीयोगीतामा प्रथम हुनेलाई  एक लाख ६० हजार ऐन (१,६०,०००¥) रहेको छ भने  दोश्रो हुनेलाई असी हजार ऐन (८०,००० ¥ ) र तेश्रो हुनेलाई चालीस हजार ऐन (४०,००० ¥) रहेको आयोजकले बताएको छ । 

भलीबल प्रतीयोगितामा सहभागिता जनाउनको लागी टिम अनिवार्य रुपमा दर्ता गराउनु पर्नेछ । टिम दर्ता गराउनको लागि तिस हजार ऐन सुल्क (३०,००० ¥) लाग्नेछ । भलीबल प्रतीयोगिताको लागी टिम दर्ताको अन्तिम दर्ता मिती जुलाई १५ सम्म रहेको आयोजक कमिटीका अध्यक्ष दिलेन्द्र प्रसाद जोसीले जानकारी दिनुभयो ।