सुपर अरनिकोमा रंगकर्मी अधिकारी खलासी गर्दै

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,२३-

रंगकर्मी भोला अधिकारी काठमाडौको चावहिलमा खलासीको काम गरिरहेका थिए । छड्के क्याप लगाएर गाडीको ढोकाबाट यात्रुलाई भित्र पसाउदै बस्न आग्रह गर्दै थिए तर त्यो दृष्य एक म्युजिक भिडियोको सुटिङ् रहेको थियो ।

“सुपर अरनीको” बोलको गीतमा अधिकारी खलासीको भुमिकामा प्रस्तुत भएका छन् । नाटक र म्युजिक भिडियोमा सक्रिय रुपमा देखा पर्दै आएका अधिकारी यो म्युजिक भिडियोमा फरक भुमिकामा देखिएका छन् ।

गायक बुद्ध बहादुर खत्री र प्रिया सेन्चुरीको स्वर रहेको लोक भाकामा अधिकारीका अलवा देव तामाङ र माया कार्कीले अभिनय गरेका छन् । भिम सुनारको प्रस्तुति रहेको यस गीतमा लय तथा शब्द सिर्जना रामचन्द्र श्रेष्ठको रहेको छ । यस गितको म्युजिक भिडियो छिट्टै सार्बजनिक गर्ने तयारी रहेको छ ।