संचारकर्मी तथा नव गायक हेमराज परिवर्तनको नयाँ गीत सार्बजनिक

 नरेश खड्का ,

दाङ,असार,१-
थुप्रै गीत सङगीतको क्षेत्रमा ब्यग्लै पहिचान बोकेको लोक दोहोरी गीति एल्बम कस्ले दिन्छ काम को आज देशका विभिन्न टेलिभिजनमा पदशन र विभिन्न सामाजिक सञ्जाल युटुबमा अप्लोड गरिएको छ ।

वि.सं. २०७० सालबाट विभिन्न संञ्चार क्षेत्र मा कृयाशिल रहदै आउनु भएका संञ्चारकर्मि हेमराज परिवतन को अबको यात्रा गीत संङगीतमा पनि निरन्तर रहने उहाँले जानकारी दिनुभएको छ ।

“म जस्तोलाई कस्ले दिन्छ काम, विदेशमा जामत हातमा सिप छैन जागिर खामत क्षेमता पुग्दैन, म जस्तोलाई कस्ले दिन्छ काम भन्दै अब कताजाम” सो गीतले साचिकै अहिलेको देशको शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति आदि विषय बस्तुलाई समेटेर तयार पारीएको सो गीतमा शब्द गोविन्द के. सी. लय दिपेन्द्र खत्री र आवाजमा संञ्चार कर्मि तथा नव गायक हेमराज परिवर्तन र गायिका तुलासा बुढाको रहेको छ ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको सो गीत, अक्सिजन मिडिया प्रा.लि. काठमाण्डौले उत्पादन तथा ब्यवस्थापन गरेको छ । दाङ घोराहीका विभिन्न स्थलहरुमा शुटिङ गरीएको भिडियो मा अभिनय गोविन्द के. सी., तुलसा बुढा, सन्दीप गौतम त्यसै गरी छायांकन प्रकाश खड्काको रहेको छ भने निर्देशन विरेन्द्र वलीले गर्नु भएको छ ।