खजुरा महोत्सवमा दुर्गेश र सपनाको प्रस्तुती हेर्न दर्शकको ओइरो

नेपालगंज,फाल्गुन,४-
खजुरा महोत्सवको १० औँ दिन शनिबार युवायुवतीहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा र गायिका सपना शाहिको धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो।

चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। सुरुमै देशभक्ती गीत गाएका थापाले बिस्तारै दर्शकको माहोलाई तताएका थिए।

करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेका गायक थापाले चर्चित गीतहरु यो ज्यान फाल्दिन्छु, रातोरातो खुर्सानी, जेलमा, गल्कोटे लगाएतका थुप्रै चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए।
दिन ढल्किँदै गर्दा प्रस्तुती दिएका गाएक थापालाई दर्शकहरुले अत्याधिक साथ दिएका थिए। वर्षातको कारण २ दिन सम्म स्थगित गरिएको महोत्सव शनिबार मौशममा सुधार आए लगत्तै सन्चालन गरिएको थियो।

त्यस्तै महोत्सवमा गायिका सपना शाहिले पनि दर्शकलाई मनोरन्जन प्रदाम गरेकी थिइन। तिम्रो हेराई ज्यानमारा गाउँदै स्टेक उक्लेकी गायिका शाहिले करिव आधा घण्टा आफ्नो धमाकेदार प्रस्तुती दिएकी थिईन।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ को ११ औँ दिन फाल्गुन ५ गते आइतबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम, लोकदोहोरी गायिका अमृता लामिछाने लगाएत एकल नृत्य प्रतियोगिताका प्रतिस्पर्धिहरुको प्रस्तुती रहने प्रचारप्रसार उपसमितिका संयोजक भागबत प्रसाद कडेलले जानकारी दिए।

माघ २४ गते बाट सन्चालन भएको महोत्सव फाल्गुन ५ गते समापन हुने भनिए पनि आवस्यक परे केही दिन थप्न सकिने आयोजकले जनाएको छ।