सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ : मन्त्री भट्ट

फाईल तस्विर !!

कञ्चनपुर,कात्तिक,१२-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनि गरिने बताउनुभयो ।

मंगलवार महाकाली नगरपालिका–१ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो ।वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उहाॅंले बताउनुभयो।

मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

सुक्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने बताइएको छ ।  रासस