सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

बाँके,कार्तिक,७-
बाँकेको जानकी गाउँ पालिका अन्तर्गत रहेको क्षेत्रीय कृषि अनुसन्धान तालिम केन्द्र खजुरामा मजदुरहरुले गरेको अान्दोलन श्रम ऐन र सामाजिक सुरक्षा कोष लागू गर्ने सहमति पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको छ।

अाज नेपालगन्ज बाँके क्षेत्रिय कृषि अनुसन्धान कार्यालय खजुरा र अखिल नेपाल कृषि मजदुर बिच नेपाल सरकार ले प्रकाशित राजपत्र मा उल्लेखित ज्याला बृद्धी गर्ने सहमति र सामाजिक सुरक्षा कोष उपदान संचयकोष, चाड पर्व खर्च, मजदुर हरुलाई नियमित काममा लगाउने सहमति सहितका ७ बुदाँहरुमा लिखित सहमति भएपछि अखिल नेपाल कृषि मजदुरले गरेका आन्दोलन का कार्यक्रम फिर्ता गरेको छ ।

बार्तामा ७ बुँदे लिखित सहमति भएको अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका सचिव राज कुमार बि सिले बिहानी अनलाइन न्युजलाई जानकारी दिनु भएको थियोे ।

सहमती पत्र