सरकारै पिच्छे विद्यालयहरुमा अंकुश,निजी विद्यालय आन्दोलनको मुडमा

बाँके,पुस १२-सरकारै पिच्छे संस्थागत विद्यालयहरुलाई अंकुश लगाएर हतोत्साहि बनाउने काम गरेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको चेतावनी दिनुभएको छ । सोमबार प्याब्सन बाँकेको अधिवेशन उद्घाटनमा आएका केन्द्रिय पदाधीकारी विभिन्न जिल्लाका नेतृत्वले सरकारले निजी विद्यालय चलाउनै नसक्ने गरी अंकुश थोपर्दै आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारसंग डायलगबाटै समस्या समाधान होस् भन्नेमा छौं । प्याब्सनका केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसीले भन्नुभयो होईन भने आन्दोलनको विकल्प छैन् ।

महसचिव डिके ढुंगानाले सरकारलाई सघाई रहेका १० हजार बढी संस्थागत विद्यालयहरुलाई धराशायी पार्ने गरी नीती थोपर्ने काम भैरहेको भन्दै सरकारलाई गम्भीर हुन चेतावनी दिनुभयो । तपाई आन्दोलनका लागि तयार हुनुहोला ममहासचिव ढुंगानाले भन्नुभयो घरखेल बन्दकी राखेर चलाएका विद्यालयलाई सरकारले धराशयी बनाउन खोजेपछि आन्दोलनमा जानुको विकल्प रहेन प्याब्सन बाँकेका अध्यक्ष रिषिकेश जिसिका अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सरकारले संस्थागत विद्यालयहरुलाई नियमन मात्र गर्न चाहेको बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी भीम बहादुर साउदले आफ्नो चासो सुरक्षित संरचना र निजी विद्यालयहरुको व्यवस्थापन मात्र भएको बताउनुभयो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले व्यवस्थापन मात्र भएको बताउनुभयो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतीनिधीहरले निजी क्षेत्रबाट सरकारलाई निकै सहयोग पुग्नेगरि संस्थागत विद्यालयहरु सञ्चालनमा रहेपनि उनीहरुको लगानी सुरक्षीत हुने वातावरण बन्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।इष्टका प्रतीनिधी उमेश सापकोटाले निजी विद्यालयमा शिक्षक कर्मचारीको सेवा सुविधा प्रती चिन्ता गर्नु भएको थियो ।