मुङलिङ नारायणघाट सडक खण्डमा रात्री बस दूर्घटना,१ जनाको मृत्यु, २६ घाइते

काठमाण्डौ, पुस १२-आज राति चितवन जिल्लाको मुङलिङ(नारायणघाट खण्डमा रात्री बस दूर्घटनामा परेको छ। दूर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरुको चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ। उक्त बस काठमाण्डौबाट सर्लाही जिल्लाको मलंगवा जाँदै गरेको थियो।

चितवन जिल्लाको चण्डीभञ्ज्याङ गाविस वडा नम्बर ६, कालीखोलामा सडकबाट एक सय मिटर तल खसेको थियो। बस भीरमा अड्किएको हुँदा एकजनाको गाडीभित्रै च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ। दूर्घटनाग्रस्त ना ४ ख ५४४२ नम्बरको अनमोल डिलक्स बसको उद्धार तथा अनुसन्धान जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।