व्यवस्थापिका संसदको बैठक आजका लागि आह्वान

काठमाडौं, पुस १२ – व्यवस्थापिका संसदको बैठक आजका लागि बोलाइएको छ । पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गर्ने संसद सचिवालयले तयारी गरेको छ ।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमाले लगायतका विपक्षी दलले संसद बैठक चल्न दिइरहेका छैनन् । लामो समयदेखि संसद चल्न नसक्दा महत्वपूर्ण विधेयध संसदमा अलपत्र परिरहेका छन् ।