सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुग्यो: डा.शशांक कोइराला

काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउनु भएको छ ।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा सहभागी हुँदै उहाॅंले सरकारको कडा आलोचना गर्दै काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउनु भएको हो ।

उहाॅंले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहीलाई तिब्रता दिएको भनिएको छ तर महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनसिल नभएर भ्रष्टाचारमा लिप्त भएको कुरा त औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रकृयामा अनियमितता भएको र प्रकृया रद्ध भएबाटै प्रष्ट छ ।यति काण्ड, सेक्युरीटी प्रेस खरिद काण्ड तथा संसद अपहरण जस्ता काण्डहरु छताछुल्लै छन।’

‘विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) ले पारेका र पार्न सक्ने प्रभावहरुको आकलन गर्दै नीति तथा कार्यक्रमले प्राथमिकता छुट्याउनु पर्ने थियो। तर, निवन्धात्मक शैलीमा मुख्यतया सरकारको गुणगान गाउदै आएको नीति तथा कार्यक्रमबाट सरकार आम – नागरिकको दुखमा संवेदनसील नभएको प्रष्ट देखिन्छ’, उहाॅंले भन्नुभयो । उहाॅंका अनुसार, ‘यति काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड तथा संसद अपहरणजस्ता काण्डहरु छताछुल्लै भएको बताउनुभयो ।