नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो

काठमाडौं,जेठ,५-कोरोना भाइरसबाट थप नौ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ३ सय ४ पुगेको  ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका- २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु संक्रमित छन् ।

त्यस्तै रौटहट माधवनारायाण नगरपालिका ३ निवासी २८ वर्षी महिला र बारा कलैयापुर ५ निवासी ३८ वर्षीय पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका सह-प्रवक्ता समिरमणि अधिकारीले जानकारी दिनुभयो ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको र चिकित्सकको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।