एमालेसहित सत्ता गठनबन्धन राजपासँग गम्भिर वार्ता गर्दै

काठमाडौं,जेठ, ३१-

राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन शीर्ष दलहरुले आज पनि वार्ताको प्रयास जारी राख्ने भएका छन् । निर्वाचन छोडी आन्दोलमा होमिएको राजपालाई सहमतीमा ल्याउन प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता गठनबन्धनले आज निर्णायक वार्ता गर्ने भएका हुन् ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन थालेको राजपासँग सत्ता गठबन्धन र विपक्षी एमालेले आज दिउँसो ४ बजे निर्णायक वार्ता गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो । उहाँले रापजाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता जनाएमा, उसले उठाएका मागबारे सहमतिमा पुग्ने प्रयास भइरहेको बताउनुभयो ।

यसअघि हिजो राजपालाई कसरी निर्वाचनमा सहभागि गराउन सकिन्छ भन्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको थियो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नं.२ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ । शीर्ष दलको बैठकले आज अपरान्ह राजपासहित संयुक्त बैठकबसी यस विषयमा थप छलफल गर्ने निर्णय गरेका थिए ।

असार १४ का लागि तोकिएको स्थानीय तह दोस्रो निर्वाचनको मिति नजिकिदै जाँदा आन्दोलन थालेको राजपालाई सहमती ल्याउन दलहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।तर राजपाले भने संविधान संशोधन लगायतका मुद्धामा लिखित सहमती नभएसम्म निर्वाचनमा भाग नलिने बताउदै आएको छ । नेपालवाणीवाट