आपतकाल लम्ब्याउने बारे सोच्दै जापान, टोकियो ओलम्पिक्स हुने नहुनेमा शंका

फाईल तस्विर !!

टोकियो जापान,बैशाख,२२-जापान सरकारले टोकियो सहित केही मुख्य शहरी क्षेत्रमा लगाएको आपतकाल लम्ब्याउने बारे विचार गरिरहेको छ ।

यसबारे विविध स्रोतहरुलाई उद्धृत गर्दै स्थानीय र अन्तरराष्ट्रिय पत्रपत्रिकाहरुले बुधवार समाचार छापेका छन्।यसो भएमा जुलाईको अन्त्यतिर गर्ने भनिएको टोकियो ओलम्पिक्स यस पटक पनि नहुने हो कि भन्ने शंका बढ्नेछ ।

अधिकारी टोकियो, ओसाका, क्योटो र ह्योगोमा लगाएको आपतकाल मे ११ पछि पनि लम्ब्याउने सुरमा छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने लडाई जारी रहेकै बेलामा अधिकारीहरु आपतकालको म्याद थप गर्ने बारे विचार विमर्श गर्न पट्टीलागेको तीन स्रोतको भनाइ उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ।सरकारले छिटोमा शुक्रवारसम्ममा यसबारे निर्णय गर्ने बताइएको छ । 

बुधवार पनि प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना महामारी नियन्त्रणको जिम्मा पाएका मन्त्री र स्वास्थ्य मन्त्रीसमेतको टोलीसँग भेटवार्ता गर्नु भएको थियो ।

टोकियो ओलम्पिक शुरु हुन तीन महीनाभन्दा कम समयमात्रै बाँकी रहेको अवस्थामा आपतकालको समय थपगर्न लागिएको हो । यसले प्रतियोगिता यस पटक पनि भनेको समयमा होला कि नहोला भन्ने चासो उत्पन्न हुन थालेको छ ।

गत वर्ष पनि महामारीकै कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो।संक्रमण बढ्दै गएपछि जनस्तरबाट पनि प्रतियोगिता रद्द गर्न वा स्थगित गर्न अनुरोध आउन थालेको छ । एजेन्सी