धनगढी एफसी एनएसएल फुटबलको शीर्ष स्थानमा

फाईल तस्विर !!

काठमाडौं,बैशाख,२२-धनगढी एफसी राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौं चरणको पहिलो खेलमा पोखरा थण्डर्सलाई १/० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुगेको हो ।

खेलको ६८ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै धनगढीलाई जिताए ।जितसँगै धनगढी ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

४ खेलबाट ७ अंकको विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स ७ अंकबाटै तेस्रो स्थानमा रहेको छ ।

बुटवल लुम्बिनी एफसी ५ अंकबाट चौथो तथा समान अंकबाटै पोखरा पाँचौं स्थानमा छ ।ललितपुर सिटी एफसी ३ अंकबाट छैटौं तथा एफसी चितवन २ अंकबाट पुछारमा छ ।

दुई चरणका खेल बाँकी रहेका अवस्थामा प्लेअफ समीकरण पनि रोमाञ्चक बन्दै गएको छ ।लिग चरणको समाप्तिपछि शीर्ष चार टिम प्लेअफमा पुग्नेछन् ।