प्रहरीमा ११ एआईजीको नाम सिफारिस, सिलवाल परेनन्

काठमाडौं, साउन,१-

गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन ।

सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई बढुवाका लागि सिफारिस गरेको छ । तर सिलवाललाई जानजानी छुटाइएको छ । उनले सर्वोच्च अदालतमा आईजीपीका लागि दाबेदारी गर्दै दायर गरेको रिटमाथि अन्तिम फैसला हुन बाँकी छ ।

सर्वोच्चले प्रकाश अर्याललाई आईजीपी बनाउने सरकारको निर्णयलाई सदर गरे सिलवाल अब डीआईजीबाटै घर जाने छन् । सिफारिसमा पर्ने अन्य डीआईजीमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

हेमन्त पाल, माधव नेपाल र मधु पुडासैनी भने एआईजी बढुवा सिफारिसमा परेनन् । आजको राजधानीमा खबर छ ।