पराजुली प्रधानन्यायाधीशमा अनुमोदन

काठमाडौं,साउन, १-

संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । आज बिहान बसेको समिति बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो ।

न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले बिहान सुनुवाई गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।

समितिमा ३९ वटा योजना पेश गरेका उहाँले मुस्कानसहितको सेवा सुरु गर्ने बताउनु भएको छ ।समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।