
आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
कुल २४ खेल हुने प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्।यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्नेछन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।
यसै गरी प्रतियोगिताका शीर्ष तीन टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।खेलाडीडटकमबाट