थप ३२ सय ७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं,भाद्र,१-पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप एक हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६ सय ७३, भक्तपुरमा १ सय ४१ र ललितपुरमा २ सय १९ जनामा संक्रमण देखिएको हो । योसँगै उपत्यकामा ११ हजार ७ सय ७४ जना सक्रिय संक्रमित छन् ।

यस्तै, १ हजार ९ सय २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ ।