नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले दर्जन भन्दा बढीमा निशुल्क सेवा दिने घोषणा

नेपालगन्ज ,भाद्र,१५-
देशभर जताततै कर लगाएको भनेर विरोध अाईरहेको बेलामा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १८ ले दर्जन भन्दा बढी सिफारिस नि:शुल्क गर्ने भनि सुचना निकालेको छ।

वडा अध्यक्ष दिपक कुमार वर्माद्वारा जारी गरिएको सुचनामा जन्म दर्ता , मृत्युु दर्ता, अपांगता भएकाहरुको सिफारिस , बसाइँसराइ , नाबालिका सिफारिस , नागरिता बनाउने सिफारिस, अार्थिक अवस्था कमजोर भएकाहरुलाई अौषधि उपचारका लागि सिफारिस लगायतका १४ वटामा निशुल्क सिफारिस गरिने भएको छ ।

यस विज्ञप्तिको बाँके जिल्लामा खुबै चर्चा चलेको र सबैले सामाजिक सञ्जाल फेसबुक र फोनबाट वडा अध्यक्षलाई बधाई तथा धन्यवाद दिएको वडा कार्यालयले जनाएको छ ।